Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

अमेरिका, अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ, जुन उनको हड्डीसम्म फैलिएको बीबीसीले जनाएको छ । आइतबार उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो। ८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित लक्षणहरूको लागि आफ्नो डाक्टर कहाँ गएका थिए र शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।उनको रोगलाई ‘उच्च श्रेणीको’ क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च युकेका अनुसार, यसको अर्थ क्यान्सर कोषहरू द्रुत गतिमा फैलिन सक्छन् ।

बाइडेन र उनको परिवारले यो क्यान्सरको उपचार विकल्पहरूको समीक्षा गरिरहेको समाचारमा उल्लेख छ । पूर्वराष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन-संवेदनशील भएको बताएको छ, जसको अर्थ यसलाई व्यवस्थापन गर्न सकिन्छ।

बाइडेनको क्यान्सरको खबर बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शीघ्र स्वास्थ्यलाभको कामना गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय