काठमाडाैं, भारतको राजधानी दिल्लीको द्वारका सेक्टरमा रहेको एक भवनमा भीषण आगलागी भएको छ ।
भवनको सातौं तल्लामा आज बिहान आगलागी भएको हो । आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक बाबु र दुई छोराछोरी छन् । आगलागी भएपछि भवनको सातौं तलाबाट हाम फालेका तीनै जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार आगो निभाउने प्रयास भइरहेको समाचारमा उल्लेख छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।


