सिड्नीमा सार्वजनिक यातायातको भाडा पुनः बढेको छ। आगामी जुलाई १४ देखि सार्वजनिक यातायात ‘बस, ट्रेन, मेट्रो र फेरी’ मा यात्रा गर्दा यात्रुले थप २.५ प्रतिशत बढी भाडा तिर्नुपर्ने हुन्छ।
सार्वजनिक यातायातको भाडा मूल्यवृद्धि अनुसार समायोजन गर्दै सरकारले औसत २.५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। सरकारले यो समायोजनलाई मुद्रास्फीति अनुरूपको नियमित प्रक्रिया भने पनि यात्रुहरूले दैनिक खर्चमा थप आर्थिक भारको महसुस गर्नुपर्ने देखिएको छ। नयाँ दर अनुसार वयस्क यात्रुहरूको दैनिक यात्रा सीमा सोमबारदेखि बिहीबारसम्म १९ डलर ३० सेन्ट र शुक्रबारदेखि आइतबार तथा सार्वजनिक बिदामा ९ डलर ६५ सेन्ट तोकिएको छ, जुन क्रमशः ६० सेन्ट र ३० सेन्टको वृद्धि हो।
यस्तै, बालबालिका र छुट कार्डधारी यात्रुहरूका लागि सोमबारदेखि शुक्रबारसम्म दैनिक सीमा ९ डलर ६५ सेन्ट र सप्ताहन्त तथा सार्वजनिक बिदामा ४ डलर ८० सेन्ट तोकिएको छ, जुन पहिलेको भन्दा क्रमशः ३० र १५ सेन्ट बढी हो। भाडा बढेपछि विशेष गरी विद्यार्थी, वृद्धवृद्धा तथा निम्न आय भएका कामदार वर्गले असर भोग्नुपर्नेछ।आगामी जुलाई १ तारिखबाट अस्ट्रलियामा श्रमिकको पारिश्रमिकमा बढ्ने भएको छ। फेयर वर्क कमिसनले वार्षिक न्यूनतम तलब समीक्षा गर्दै आगामी जुलाई १ बाट न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशतले तलब वृद्धि हुने भएको हो।
योसँगै अब न्यूनतम तलब प्रतिघण्टा २४.९५ अस्ट्रेलियन डलर हुनेछ।हालको वार्षिक मुद्रास्फीति दर २.४ प्रतिशतको आधारमा सरकारले यो वृद्धिलाई वास्तविक आयमा सुधार ल्याउने प्रयासको रूपमा लिइएको छ।अस्ट्रेलियन चेम्बर अफ कमर्स, रिटेलर्स एसोसिएसनजस्ता व्यावसायिक समूहले अधिकतम २.५ प्रतिशत मात्र वृद्धि गर्नुपर्ने माग गरेका थिए भने ट्रेड युनियन ब्ऋत्ग् ले ४.५ प्रतिशत वृद्धि माग गरेको थियो। फेयर वर्क कमिसनका आधारमा न्यूनतम अवार्ड तलबमा आश्रित कामदारहरूको ठूलो हिस्सा महिलाहरू छन्, जसको आधाभन्दा बढी क्याजुअल रोजगारमा छन् र दुई तिहाइ जना पार्टटाइम काम गर्छन् गत वर्ष पनि कमिसनले ३।७५ प्रतिशतले तलब बढाएको थियो।


