Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

एएफपी, इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा ९३५ जनाको मृत्यु भएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।‘सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना सहिदको पहिचान गरिएको छ,’ न्यायपरिषद्का प्रवक्ता असगर जहाँगिरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरानले जनाएको छ ।

मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालिका रहेका छन् । इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण सुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ । इरानले पनि जवाफी कारबाहीस्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो ।

दुवै देशबिच जुन २४ गते युद्ध विराम लागू भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय