Saturday 2 December 2023 / शनिबार, १६ मंसिर २०८०

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर नगरपालिका–२ का २० वर्षीय बद्रि हाङ् राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका बेला विमानस्थलस्थित आन्तरिक उडानतर्फको एक्सरे यन्त्रबाट जाँच गर्ने क्रममा गोली भेटिएको थियो । झोलाभित्र पत्रिकामा पोको पारेको अवस्थामा गोली बरामद गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु

काठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री विदुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट बिहान गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने सवारी साधन फरार भएकाले खोजी जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर