Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया भाँडिएपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ। बैठक आज दिउँसो सवा ३ बजे भर्चुअल माध्यमबाट बस्नेछ।

पार्टी प्रवक्ता मनिष झाले बैठकमा पार्टी एकता, समायोजन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएका छन्।
स्रोतका अनुसार उज्यालो नेपाल पार्टीसँग भएको समझदारी टुटेपछि शीर्ष तहमा छलफल गर्न बैठक बोलाइएको हो। शनिबारसम्म निरन्तर प्रयास भए पनि सहमति नजुटेपछि एकता प्रक्रिया अघि बढ्न नसकेको संवाद समितिका एक नेताले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय