काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाबाट शपथ लिएका छन्।

सभापति थापाले भने दसैँको फूलपातीका दिन नै शपथ लिइसकेका थिए। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएको छ।


