चितवन,पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह भरतपुुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा पार्टी काार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”
नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उहाँलाई आग्रह गर्नुभयो । नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोल्नुभएको थियो ।