काठमाडौं, स्थानीय बजारमा सुनचाँदीको मूल्य विगत केही दिनदेखि निरन्तर वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,७७,२०० र चाँदीको मूल्य रु ५,६४५ कायम भएको छ।
बिहीबार सुनको मूल्य रु २,७६,५०० र चाँदी रु ५,४८५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औँस ४,६१५ अमेरिकी डलर र चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


