काठमाडौं, नेपाल र चीनबीच व्यापारिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि समझदारी भएको छ। किमाथांका, रसुवा र कोरला नाकामा सडक, मितेरी पुल तथा सुक्खा बन्दरगाह निर्माणलाई निरन्तरता दिने सहमति भएको हो। साथै काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन र भन्सार सहजीकरणमा पनि दुवै पक्ष सहमत भएका छन्।


