गोरखा, जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार यस वर्ष गोरखामा ३,१८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेका छन् भने करिब १ करोड ५० लाखबराबर कागती बिक्री भएको छ।
सूचना अधिकारीहरूका अनुसार उत्पादन वृद्धिसँगै किसान उत्साहित छन्। जिल्लामा सुन्तलाखेती करिब १,०९७ हेक्टर क्षेत्रमा फैलिएको छ र तीन सय किसान यसमा संलग्न छन्। गण्डकी, सहिदलखन, भीमसेनथापा, गोरखा र पालुङटार नगरपालिकाका विभिन्न वडा र सिरानचोक गाउँपालिकाका चयनित वडा सुन्तला जात फलफूल जोनको रूपमा घोषणा गरिएका छन्।


