काठमाडौं, १०औँ नेपाल–भारत समन्वय बैठकका क्रममा नेपाल भ्रमणमा रहनुभएका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघल, आईपीएस नेतृत्वको प्रतिनिधिमण्डलले गृह सचिव केदारनाथ शर्मासँग शिष्टाचार भेटघाट गरेको छ।

२०८३ कात्तिक १२ गते भएको उक्त भेट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशकबीच भइरहेको समन्वय बैठकका क्रममा भएको हो।

नेपाल–भारतबीच सीमा सुरक्षा तथा व्यवस्थापनलगायतका विषयमा सहकार्य र समन्वय सुदृढ गर्ने उद्देश्यले समन्वय बैठक आयोजना भइरहेको छ।


