Friday 17 January 2025 / शुक्रबार, ४ माघ २०८१

जनकपुर,संघिय सरकारकी महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो र पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मिथिला नगरपालिकामा थप एक पुलको शिल्यानास गरेकी छिन।

मिथिला नगरपालिकाको वडा नं. ११ तल्लो तुल्सी स्थित साविकको वडा नं. २ र ३ जोडने जिराईडाँडा सुन्दरी खोलामा बन्न लागेको पुलको मन्त्री महतो तथा पुर्व मन्त्री महासेठले समुदघाटन गरेका हुन । कुल १७ करोडको लागतमा निर्माण हुन लागेको १ सय १० मिटर लामो पुल बनेपछि त्यस भेगका स्थानियलाई आवतजावतमा सहजता हुने भएको छ ।

२८ महिनामा काम सकिने गरि कालिका कन्ष्ट्रक्सन प्रा.लि. भरतपुर चितवनको बर्दिबास साइड अफिसले ठेक्का पाएको सो पुल समयमै समपन्न गर्न मन्त्री महतोले आग्रह गरेकी छन् । २२ महिनामै सक्ने गरि सम्झौता भएपनि कोरोना महामारीका कारण छ महिना थप गरि २८ महिनामा काम हुने गरि पुल निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ ।

पुल शिल्यानास कार्यक्रममा प्रदेश सांसद सारदा थापा, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय