काठमाडौं, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै होटल मेरियटमा कार्यदलका अन्य सदस्यहरु कार्यदलको छलफलको निर्णयवारे ब्रिफिङगर्न सवै सदस्यहरु मेरीयटमा पुगेका छन् ।
ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरिरहेका छन् ।
मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।


