Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौं, हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

गत आवमा कम्पनीले ६ अर्ब ५० करोड ७० लाखभन्दा बढी उत्पादन बिक्रीबाट आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ७३.०१ प्रतिशत बढेको छ।
कम्पनीकोे कुल सञ्चालन आम्दानी २ अर्ब १३ करोड ८४ लाख छ भने १ अर्ब ४६ करोड ५५ लाख सञ्चालन नाफा गरेको छ ।

गत आर्थिक वर्षमा ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस कम्पनीको जगेडा कोष ६८.५९ प्रतिशत बढेको छ। कम्पनीको चुक्तापूँजी ८६ करोड ७७ लाख तथा जगेडा कोषमा १ अर्ब १३ करोड छ ।
कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ८० रुपैयाँ ७२ पैसाबाट बढेर ११९ रुपैयाँ ९४ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय