Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् ।

आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । ‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ ।

आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय