Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दूरुपयोग भएको थापाको दाबी छ ।

शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युबा संगठनद्वारा आयोजित अगुवा युबा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि ब्यापार भएकोभन्दै चिन्ता व्यक्त गरे ।

‘स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरूको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको छ। थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदूषित गरेको छ। जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न, तबसम्म प्रजातन्त्र जनताको हितको लागि हुँदैन’, थापाले भने ।

इमानदार र विकासप्रेमीभन्दा माफिया, व्यापारी, बिचौलिया राजनीतिमा हाबी भएको थापाको टिप्पणी छ । राजनीति भ्रष्टिकरणतर्फ गैरहेको बताउँदै अध्यक्ष थापाले युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए । भ्रष्टाचार, अनियमितता र लुट हाबी भएकाले राष्ट्रियता तथा प्रजातन्त्र कमजोर भएको उनले बताए ।

‘भएका उद्योग धन्दा कौडिको मूल्यमा बेच्ने, युबालाई रगत पसिना बगाउन मरुभूमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरूले युबालाई निराश बनाएका छन् । अब त्यो प्रवृतिको अन्त्य हुनुपर्छ । र, समृद्ध मुलुक निर्माणका लागि युवा पुस्ता जागृत हुनुपर्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय