Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

काठमाडौं । ई–कमर्श कम्पनी अमेजनले सामान ढुवानीका लागि पहिलो पटक एकसाथ ११ वटा जहाज खरीद गरेको छ । बढ्दो हवाई कार्गोको सञ्जाललाई विस्तार गर्नका लागि अमेजनले आफ्नै कार्गो जहाज किनेको हो ।
आफ्नै जहाज खरीदको यो कदमले अमेजनलाई लजिस्टिक क्षेत्रमा बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्नेछ ।

अमेजन सिइओ जेफ बेजोसले लजिस्टिकलाई गुप्त हतियारको रुपमा प्रयोग गरिरहेको कन्सल्टेन्सी कम्पनी मोल्जीका अमेजन सम्बन्धी विज्ञ गोन्जालो डी ला माटा बताउँछन् ।
सन् २०१५ देखि नै अमेजनले आफ्ना भ्यान, ट्रक तथा भाडाका जहाज मार्फत आफ्नै विश्वव्यापी लजिस्टिक नेटवर्क सञ्चालन गर्दै आएको छ ।

आफूसँग रहेको ग्राहकको डाटा र यसको ग्राहक केन्द्रित सेवाको स्थापित तथ्यका कारण आगामी दिनमा लजिस्टिक कम्पनीहरुको बजारमा अमेजन उच्च विश्वसनीय प्रतिस्पर्धी कम्पनी बन्नेछ । हाल अमेजन एयरमार्फत् अमेजनले आफ्ना कार्गोको आफै ढुवानी गर्दा त्यसले फेडेक्स तथा युपिएसको व्यवसायमा केही असर परेकै छ ।

तर यदि भविष्यमा अमेजनले अरुका लागि समेत कार्गो सेवा उपलब्ध गरायो भने त्यसले उनीहरुका लागि ठूलो खतरा पैदा हुनेछ ।
अमेरिकाको शिकागोस्थित डि पाउल विश्वविद्यालयको एक रिपोर्ट अनुसार सन् २०२८ सम्ममा अमेजनसँग २ सय हवाई जहाज हुनेछन् ।
–बीबीसीबाट

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय