Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ।

प्रचण्ड-माधव समूहद्वारा गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ।

नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।

‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको बताए ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय