क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजारभन्दा बढी ट्वीटर ह्याण्डल निलम्बनमा परेका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको विषयमा अराजक ट्वीट गर्ने र त्यस्ता ट्वीटलाई सेयर गर्ने ७० हजार खातालाई निलम्बित गरेको हो । ट्वीटरले आफ्नो आधिकारिक ह्याण्डलबाट यसबारे जानकारी दिएको छ । अमेरिकाको राजधानी वासिंटनमा हिंसात्मक घटना बढ्ने खतरा देखेर हिंसा भड्काउने किसिमका ट्वीट गर्ने र रिट्वीट गर्ने ७० हजार खातालाई निलम्बन गरिएको एक ब्लगमार्फत जानकारी गराएको छ । यस अघि ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को ट्वीटर ह्याडल सधैँका लागि बन्द गरिदिएको छ । देशमा हिंसा भड्काउने किसिमका ट्वीटहरु गरेको भन्दै उनको अघिल्लो साता चर्को आलोचना भएको थियो ।