Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं । लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चट्ट माया’ एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक बीबी अनुरागीको प्रमुख आतिथ्यतामा भएको थियो ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलिया मै रहेका गोविन्द भण्डारीले संगीत भरेका हुन् ।

संगीतकार अनुरागीले ‘चट्ट माया’ को सार्वजनिकपछि बोल्दै शब्द, संगीत र भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी चन्द्रमणी गौतमले गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय