गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत आलु जस्तो केटी सार्वजनिक गरिएको हो ।
डान्सिङ गीतको रुपमा सार्वजनिक यो गीत लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ स्वाद हुने प्रितीले बताइन् । हुन त प्रितीका गीतको प्राय शिर्षक विवादित हुने गरेका छन् ।
अहिलेको आलु जस्तो केटी पनि विवादित नहोला भन्न सकिन्न । प्रितीले भने गीतको शीर्षक हेरेर भन्दा पनि गीत पुरै मूल्याङ्कन गर्न अनुरोध गरेकी छन् ।
गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी छिन् भने संगीत पवन रानाको छ । विपिन आचार्यको एरेन्ज रहेको गीतमा पवन र प्रितीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा पवन र प्रितीको अलवा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा द नेक्स्ट ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन छ ।


