Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

हास्य सिरियल ‘सक्किगोनीका चर्चित जोडी सागर लम्साल बले र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ट्याङ्का भरी सुन सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।

गायक सचिन रौनियार स्वर रहेको ट्याङ्का भरी सुन बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् ।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय