Sunday 25 October 2026 / आईतवार, ९ कार्तिक २०८३

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ।

सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए।

त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए। अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन मात्र बाँकी रहेको समयमा उत्तर कोरियाले आफ्नो सैन्य प्रदर्शन गरेको हो ।

उत्तर कोरियाले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्दै आएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको तस्वीरअनुसार उत्तर कोरियाले कम्तीमा चारओटा ठूला सेतो र कालो रङ्गका मिसाइलहरु प्रदर्शन गरेको छ ।

विश्लेषकहरूले यसअघि उत्तर कोरियाका नदेखिएका अस्त्रहरू देखिएको बताएका छन्।

सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले “नयाँ वर्ष, नयाँ पकगकसङ्ग” भन्दै ट्वीट गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय