Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ ।
बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।
अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।
बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ । उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो । नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन् । टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन् । अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ । अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिसहरु छन् ।
स्रोत : एपी

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय