Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ- पुर्व निर्धारित रुपमा प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

विरोधसभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले यो त कास्टिङ नै हो, अझै फिल्म बाँकी छ भनेर भने । केपि ओलिलाई संसद विघटन गर्ने अधिकार छैन, केपि ओलिले चालेको कदम संवैधानिक “कु” हो । केपी ओली हिटलरको बाटोमा अगाडि बढ्दै छन् । हामी केपी ओली को एकाधिकार, निरंकुश, अलोकतान्त्रिक पाइलाको विपक्षमा छौँ,यो देश ओली को उखान/टुक्काले मात्र चलेको थियो भनेर समेत आरोप लगाएका थिए ।

प्रचण्ड–माधव समूहको जुलुस माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत भएको छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय