Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ- पुर्व निर्धारित रुपमा रहेको प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री र अन्तिम वक्ताका रूपमा रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा जनयुद्धमा सहादत प्राप्त गरेकाहरु प्रती श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका थिए । आज झन्डै १२-१५ वर्ष पछि यति ठूलो जनसागर ओर्लेको छ काठमाडौँको सडकमा र यो एतिहासिक छ भनेर भने। हामीले पार्टी एकता भइसकेपछी विगतको ३ वर्षमा तपाईंको सपनाहरू पूरा गर्न सकेनौं किनभने त्यस अनुरुप हामीले र हाम्रो देशले प्रधानमन्त्री पाएनौँ ।

अब हामी केपि प्रवृति प्रती झुक्ने छैनौँ,ओलि एक मात्र मिसन, प्रचण्ड सिध्याउने रहेको बताए । हामीसँग केपिले जुन व्यवहार गरे त्यसले गर्दा हामी जनता माझ जान विवश भयौँ । ओलिले संसदलाई मात्र विघटन गरेको होईन्न ! संविधानलाई विघटन गरेका हुन, ओलिको प्रतिगमनकारी विरुद्ध सिङ्गै देश खडा छ, ओलिको सेटिङ्गलाई जनताको सेटिङ्गले भत्काउने छ भनेर विश्वास दिलाएका थिए । अदालतको कर्मचारीहरुलाई नडराउनुस भनेर आग्रहका साथै ओलि गुटकाहरुलाई चुनौती दिएका थिए ” हिम्मत छ भने छोएर देखाउनुस” ।

हामी हाम्रो पार्टीलाई समाजबादी, सिद्धान्तमा हिड्ने र जनताको कल्याण गर्न बनाउन चाहन्छौँ । मलाई विश्वास छ अब कोहि देश आतंकमय, हिंसा र जनयुद्धमा जाओस् भन्ने चाहदैनन् भन्दै आफ्नो भाषण सकाएका थिए।

प्रचण्ड–माधव समूहको जुलुस माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत भएको थियो । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय