Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ ।

डा. भट्टराईले शुक्रबार आफूहरुको भेटघाट भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले भनेका छन्, अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।

यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ । गर्दै रहनेछु !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय