काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा केपी शर्मा ओलीमाथि कारवाही गर्नुपर्नाको ८ बुँदे कारण पेश गरेको छ ।
सो पक्षले मंगलबार पार्टी आधिकारिकताको दावीसहित आयोगमा पेश गरेको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तत्कालीन अध्यक्षसमेत रहेका ओलीलाई कारवाही गर्नुपर्नाको कारण खुलाउँदै आफ्नो पक्षलाई आधिकारिकता दिनुपर्ने जिकिर गरेको हो ।
प्रधानमन्त्री ओलीले पार्टीको राजनीतिक विचारधारा, पार्टीको अन्तरिम विधान, नियमावली तथा एकताका सम्बन्धमा भएका सम्झौता तथा सहमतिका विरुद्ध अनुशासनहीन, गैरजिम्मेवारी र गैर राजनीतिक प्रवृत्ति देखाउन थालेको प्रचण्ड–माधव पक्षले पेश गरेको निवेदनमा उल्लेख छ ।


