Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौँ- नारायणहिटी दरबार अगाडि नेकपाको आयोजनामा भएको बृहद जनसभा हजारौं कार्यकर्ताहरुको सहभागीतामा समापन भएको छ । जनसभाको अध्यक्षता कृष्ण गोपाल श्रेष्ठले गरेका थिए । पुर्व निर्धारित जनसभामा हजारौं कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

जनसभालाई सम्बोधन राष्ट्रिय सभाका सदस्य पार्वती रावाल, नेकपाका नेता सत्यनारायण मण्डल, गृहमन्त्री रामबहादुर थापा (बादल), नेकपा सचिवालय सदस्य तथा उप- प्रधानमन्त्री इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुल पार्टी हाम्रै पार्टी हो भनेर दाबी गरेका थिए । हिजो यो जनसभा सफल हुन नदिन नक्कली नेकपाले तथाकथित नेपाल बन्द गरेको, र यो जनसभा सफल हुन नदिन सडकमा बम राखियो र लेखियो “बिपल्व भनेर आरोप लागाएका थिए ।

म विगतमा पनि काम गर्न लाग्दा मलाई प्रधानमन्त्रीबाट हटाइयो र अहिले नक्सा सच्याउँदा र संविधान संशोधन गर्दा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेका थिए । अस्ति आयोगहरु गठन गर्दा हिजो नेपाल बन्द गरेर उहाँहरुले दम्भ देखाउनुभएको थियो ।

सम्बोधनकै क्रममा हामीले सडक बालबालिकालाई विस्थापित गर्यौँ, ४०० भन्दा धेरै सडकहरु कालोपत्रे गर्यौँ, ४०० भन्दा बेसि झुलुङ्गे पुलको निर्माण गर्यौँ, हामी अब छिटै रेल संचालन गर्दैछौँ, र अन्य बिकासका कामहरु गर्यौँ भनेर व्याख्या गरेका थिए ।

र अन्त्यमा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज व्यवसाय, यातायात र आम नागरिकमा पर्न गएको असहजताप्रती माफी मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय