Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

२२, असोज,
सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा, सुविधा छाड्नु भएको छ ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँ लैनचौरस्थित सरकारी सुविधाको निवास छोडेर कौशलटारस्थित निजी निवासमा सरिसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख सापकोटा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भए पनि उम्मेदवार नबन्ने र युवाहरूलाई अगाडि सार्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

सभामुख सापकोटाले शनिबार बिहानसम्म सरकारी निवासबाट आफ्ना सामान निजी निवासमा सारिसकेको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको कार्यकालबारे प्रश्न उठिरहेका बेला सापकोटाले सरकारी सुविधा छोड्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय