काठमाडौँ , नेपाल कम्युनिस्ट पाटीं (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँगको अन्तरक्रियामा संविधानको भावनाविपरित सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सदर नगर्ने उनले बताएका हुन् ।
उनले भने, ‘हामीलाई हाम्रो संवैधानिक निकाय प्रति विश्वास छ । उनीहरुले संविधानको भावनाअनुसार नै निर्णय गर्नेछन् भन्ने हाम्रो भरोसा छ । संविधानको भावनाभन्दा बाहिर गएर सर्वोच्चले त्यसलाई सदर गर्छ भन्ने हामीलाई लागको छैन ।’
‘गाउँ–गाउँ ओलीका प्रतिनिधिहरु गएर निर्वाचन आयोग र सर्वोच्चले हाम्रै पक्षमा निर्णय गर्छन् भन्दै सेटिङको झल्को दिने काम गरिरहेका छन्,’ उनले भने, ‘मैले जे भन्यो संवैधानिक निकायहरुले त्यही मान्नछन् भन्ने यदी प्रधानमन्त्रीले ठान्नु भएको छ भने त्यो वहाँको भ्रम हो ।
उनले यदी सर्वोच्च अदालतले सरकारको कदमलाई सदर गरे, त्यसले देशलाई ठूलो संकटमा पार्ने बताए ।
प्रचण्डले केपी ओलीले वैशाखमा चुनाव नै गर्न नसक्ने ठोकुवा पनि गरे । ‘केपी जीले वैशाखमा निर्वाचन गर्न सक्नु हुन्छ वा चाहनुभएको छ भन्ने हामीलाई लागेको छैन । वैशाखमा चुनाव हुँदैन भन्ने त पुष्टि भइसक्यो,’ उनले भने ।
प्रचण्डले आफूहरुले सभाको प्रतिस्पर्धा गर्न नचाहेको स्पष्ट पार्दै बरु प्रधानमन्त्री ओलीले प्रतिस्पर्धा गरिरहेको आरोप लगाए ।
अहिले पुरा देश नै प्रधानमन्त्री ओलीले लिएको असंवैधानिक कदमको विरोधमा सडकमा रहेको बताउँदै आन्दोलनलाई संयुक्त बनाउने प्रयास भइरहेको पनि जानकारी दिए ।


