(नेकपा) प्रचण्ड- माधव नेपाल पक्षले आज पुनः दोस्रोपटक संसद विघटन र प्रतिगमन विरुद्ध शक्ति प्रदर्शन गरेका छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट निस्केको जुलुस प्रदर्शनी मार्गमा आएर बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै राम कुमारी झाकरिले भने- बोल्न पाईन्छ, प्रतिगमन विरुद्ध बोल्न पाइन्छ । बैतडीमा भएको भगिरथ भट्टको बलात्कार विरुद्ध सरकारबाट कोहि गृहमन्त्रालयमा कोहि पुगे कि पुगेन्न ? भनेर प्रश्न गरेका थिए ।
सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिला वा पुरुष) नहुने भन्दै उनले आफूले बोल्न नछाड्ने बताइन् । राष्ट्रपति भण्डारीविरुद्ध विवादास्पद् अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ ।
आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।


