काठमाडौँ-
(नेकपा) प्रचण्ड- माधव नेपाल पक्षले आज पुनः दोस्रोपटक संसद विघटन र प्रतिगमन विरुद्ध शक्ति प्रदर्शन गरेका छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट निस्केको जुलुस प्रदर्शनी मार्गमा आएर बिरोध सभामा परिणत भएको थियो ।
आयोजित सभालाई सम्बोधन गर्दै उनले पशुपतिनाथले पनि ओलीको कल्याण नगर्ने बताएका हुन्। ‘केपी ओलीलाई चेतना भया संविधान मिचाहालाई लोकतन्त्रको हत्यारालाई जनअधिकार कुल्चनेलाई पशुपतिनाथले पनि धिक्कार भन्नेछैन,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ। केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि विर्सिसक्नुभएको छ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई कारबाही गर्नुभयो? भन्दै ओलीसमक्ष प्रश्न गरेका थिए ।


