Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं , सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेज व्यूटी क्वीन नेपाल २०२१ का प्रतियोगीहरुलाई ट्राफीक सम्वन्धी जानकारी दिइएको छ ।

प्रतियोगीहरुलाई ललितपुर महानगर पालिकाको नगर प्रहरी प्रमुख सिताराम हाछेथुद्धारा ट्राफीक नियमहरु वारे सन्देश मुलक भिडियो तथा मौखिकरुपमा प्रतियोगीहरुलाई हाल उपत्यका लगायत देशै भरिका सहरहरुमा अव्यवस्थीतरुपमा सन्चालन भइरहेका सवारी साधनहरुको दुर्घटना न्यूनीकरण तथा सुरक्षीत यात्रा कसरी गर्न सकिन्छ भन्ने वारे प्रतियोगीहरुलाई शिक्षा प्रदान गर्नु भएको थियो ।

जहा जाम त्यहा सिताराम भनेझै ट्राफीक प्रहरीवाट अवकास प्राप्त सिताराम हाल ललितपुर महानगर प्रहरी प्रमुखको कार्यभार समाले पछि ललितपुर क्षेत्रमा रहेका अव्यवस्थीत फुटपाथ तथा सरहलाई कुरुप वनाउने होडीङवोडहरु हटाएर उदाहरणीय काम गर्नु भएको छ ।

हाल उहाले ललितपुर लगायत विभिन्न स्कुल तथा विभिन्न कार्यक्रममा ट्राफीक शिक्षा प्रदान गर्दै आउनु भएको छ भने ललितपुर महानगर प्रहरीलाई पनि ट्राफिक तालिम दिलाई हाल ललितपुर महानगरपालीका मा यातायात सहजताको लागी अहोरात्र खट्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय