काठमाडौं, सिजन मिडिया प्रालिद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४ मा सहभागीह २३ प्रतियोगीहरुले आ–आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन ।
उक्त कार्यक्रमको सुरुवातमा सृजना थापको किनीदेउन साइला दाई वोलको नृत्यवाट सुरु भएको थियो भने लसता साक्य ,निरु सिंह सुस्मा रिजाल सुवेदीले पनि विभिन्न नेपाली गितमा नृत्य प्रस्तुत गरी आफ्नो आन्तरीक प्रतिभा देखाउनु भएको थियो भने गायन तर्फ लक्ष्मी राणा, डा.अस्वीना केसी,लक्ष्मी अर्याल,सृजना अधिकारीले पनि नेपाली गित गाएर मनोरन्जन प्रदान गर्नु भएको थियो ।














सजिता रेग्मी,सुनीता केसी, रेनु रायमाझी, सपना थापा र सरस्वती आचार्य गौतमले विभिन्न शिर्षकमा कविता वाचन गर्नु भएको थियो त्यस्तै गरेर अन्जु क्षेत्री, लक्ष्मी घिमिरे, सर्मिला घिसिङ, चन्द्रकला राय, अम्विका थापा र रस्मी शाक्यले विभिन्न विषयमा निवन्ध मार्फत आफ्नो धारणा राख्नु भएको थियो ।

सुनीता राई लक्ष्मी मर्हजन पनिता कार्कीले विभिन्न परिकारहरु पकाएर निर्णायक मण्डललाई खुवाउदै आफ्नो पाक कला प्रर्दशन गर्नु भएको थियो भने सुम्नीमा लम्सालले नाटक प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ डान्स कोरीयो ग्राफर राजेन्द्र राई, गायक भिम लिम्वु , व्यवसायी श्रवण कुमार कुवर, युवा मञ्चका सम्पादक तथा पत्रकार लक्ष्मि खतिवडा र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहनु भएको थियो । भने उक्त प्रतियोगिताको अन्तीम प्रतिष्प्रधा फागुन १७ गते सोमवार नाचघर जमलमा सम्पर्न हुनेछ संस्थाका कार्यक्र निर्देशक रेजिना तुलाधरले वताउनु भयो ।
प्रतियोगिताका विजेताहरुले “मिसेस व्यूटी क्वीन नेपाल २०२१”को उपाधी सहित फ्रिज, टेलीभिजन, हिटर साथै घरायसीका उपहारका सामाग्रीहरु र सिंगापुर भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न २० विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।



