Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो । बोर्डको बाग्मती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोही अनुसार भर्ना गर्न र गराउन भनेको छ ।–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय