Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

पहिलो चरणको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ।
चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन्।
आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिएका छन्।
परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आम नागरिकलाई प्रदान गर्ने सरकारको योजना छ, हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ’, उनले ट्विटमा भनेका छन्।
टर्कीमा मङ्गलबार मात्रै थप १५ हजार ८०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या २१ लाख ७८ हजार ५८० पुगेको छ।कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ। तीमध्ये २५३ जनाको मङ्गलबार मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय