काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी माओवादी केन्द्रका ७ मन्त्रीलाई कारवाही गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी, शहरी विकासमन्त्री प्रभु शाह, खेलकुदमन्त्री दावा लामालाई कारवाहीको तयारी गरिएको हो ।
पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी भई एमालेमा गएका मन्त्रीहरुलाई कारवाहीको तयारीबारे एजेण्डा राखिएको छ ।
स्थायी समिति सदस्य वर्षमान पुनल अनन्तले सरकारमा सहभागी ७ मन्त्रीहरुलाई कारवाहीको पनि एजेण्डा रहेको बताए । उनले भने, ‘मुख्यतः संगठनात्मक एजेण्डा प्रमुख छन् । त्यसबाहेक एमालेमा गएका सांसदहरुलाई कारवाही, सरकारलाई दिएको समर्थन फिर्ता लगायत एजेण्डा छन् ।’


