Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ ।

तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय