Tuesday 20 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

सन् २०२० को अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ। यस अघिको २०७१ अङ्को रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।बिहीबार नेप्से परिसूचक २५.२१ अंक बढ्दै २०८७.२८ विन्दुमा पुगेको हो। यस अघि नेप्सेले २०७१.०३ विन्दुमा रेकर्ड कायम गरेको थियो।

नेप्सेले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार २०७ कम्पनीको ५० हजार ३८६ पटकको कारोबारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार बजारमा करिब साढे ४ अर्बको शेयर कारोबार भएको थियो।

आजको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भई सकारात्मक सर्किटमा कारोबार भएको छ। त्यसैगरी, एभरेष्ट बैंकको शेयरमूल्य ६।६७ प्रतिशत, गुडविल फाइनान्सको ५।९७, लक्ष्मी बैंकको ५।९३, सिद्धार्थ बैंकको ५।५७ र नेपाल एसबिआई बैंकको ५।१७ प्रतिशत बढेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ३।७८ प्रतिशत घटेको छ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। बिहीबारको कारोबारमा व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८।८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक १।९७ प्रतिशत, अन्यको १।४५ र जीवन बीमाको १।४५ प्रतिशत बढेको छ। अजको बजारमा निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १।०१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा  हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४६ करोड ८८ लाख १८ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय