काठमाडौं, सामाजिक काममा निरन्तर सक्रिय युवाहरुको समूह हाम्रो टिम नेपाल ‘भोकमुक्त, नाङगोमुक्त र भेदभावमुक्त’ राष्ट्र निर्माण गर्ने अभियानसहित सामाजिक काममा क्रियासील संस्था हो । हुनेले दिने नहुनेले लिने भन्ने मुल नारासाथ स्थापना भएको यस संस्थाले सडकमा रहेका मजदूरहरु जो एक छाक टार्नकै लागि समस्यामा पररिहेका छन् त्यस्ता विपन्न वर्गका मजदुरहरुलगायत अपाङ्गता भएका व्यक्तिहरुका लागी निःशुल्क राहत वितरण गर्दै आईरहेको छ ।

महामारीका रुपमा विश्वभर फैलिईरहेको कोरोना भाईरसवाट बच्नका लागी भन्दै सरकारले लगाएको लकडाउनका कारण रोजगारी गुमाएर भोकभोकै सडकमा बस्न बाध्य मजदुरहरुका लागी भगवानको रुपमा निःशुल्क भोजन तथा लगाउने लत्ता कपडा वितरण गरेर सामाजिक काममा हात हालेको यो समूह लकडाउन हटेपछि पनि निरन्तर सामाजिक सेवामा तल्लिन रहिरहेको छ । विभिन्न समयमा देशका विभिन्न जिल्लाहरुमा गएको बाढिपहिरो लगायतका प्राकृतिक विपत्तीहरुमा आपतकालिन राहात वितरण गरेको यथेष्ट उदाहरणहरु प्रशस्तै छन् ।

यस संस्थाले रकम अभावका कारण औषधि उपचार गर्न नपाएर छटपटिएकाहरुलाई अस्पताल प्रशासनसँग समन्वय गरेर होस या विभिन्न अभियानहरु चलाएर निःशुल्क उपचारको व्यवस्था पनि गरेको छ । अन्यायमा परेका व्यक्तिहरुको न्यायको लागी आवाज बुलन्द गरेर सम्बन्धित निकायमा झकझकाउँदै न्याय नपाएकाहरुका लागी बोलिदिने आवाज बनेको छ ।



