Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

काठमाडौं,२०२९ सालमा जन्मदै अपाङगता भएका पाँचधर सारङडाँडाका तीलवहादुर कार्की घरमा आमालाई सवैले किचकिच अलच्छिनो भन्ने गरेपछि नौ वर्षको उमेरमा घर छाडेर हिडेका थिए । पटकपटक विष खान मन लागे पनि खान नसकेर २०३८ सालमा पशुपति आर्यघाटमा अपाङगता भएको खुट्टा देखाएर माग्न थालेका कार्की २०३८ देखि २०६३ सालसम्म मागेका पैसा साथीभाई दिन्छु भनेर माटोमा गाडेर राखेका थिए ।

त्यो माटोमा लुकाएको पैसा २५ वर्षमा ५ लाख भएको थियो । पछि प्रहरीको रोहवरमा सो रकम निकाली २०६४ सालमा सयुक्त अपाङ्ग एकता केन्द्र स्थापना गरी काम गरिरहेका छन् । पहिले शान्तिनगरबाट शुरु गरिएको उक्त संस्था कपन हुदै अहिले गोकर्णश्वर नगरपालिका वडा नं. ४ मा रहेको छ ।

अहिले उक्त संस्थासंग ६ रोपनी जग्गामा १४ कोठे भवन रहेको छ । उक्त भवन सबैको सहयोगमा एक करोडमा तयार भएको हो । अहिले उक्त घरको भाडा वर्षको तीन लाख रहेको छ । आश्रममा ५० जना बालबालिका रहेका छन् । पाँच जना विद्यार्थी कक्षा १२ सकेर बाहिर बसेका छन भने ४५ जना आश्रममा नै रहेका छन ।

त्यहा रहेका मध्ये ३५ बालबालिकाहरु भिमदेव माविमा निःशुल्क अध्ययनरत छन् । त्यस्त सात जना गोर्कणेश्वर माविमा पढछन् । उनीहरुलाई २८ हजारको छात्रवृति प्रदान गरिएको छ । तीन जना मन्टेश्वरीमा पढ्ने गर्दछन् । उनै तोलावहादुरको २८ वर्षपछि मिडियामार्फत घर परिवारसँग पुनर्मिलन भएको छ । उनको घर परिवारमा म¥यो भनेर काजक्रिया समेत भईसकेका थियो तर उनी त्यहाँ पुग्दा घरपरिवारका मानिसमा हर्षका आशु झरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय