Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौँ, फिल्म ऊनको स्वीटरुको शीर्ष गीत सार्वजनिक भएको छ । यसअघि फिल्म घोषणा गर्दै सार्वजनिक गरेको गीतको सानो अंश दर्शकले रुचाएका थिए । प्रेम दिवसको अवसरमा सार्वजनिक गीतको पूरा अंशसहितको भिडियोमा फिल्मका प्रमुख कलाकार पनि देखिएका छन् ।

भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेम देखाइएको छ । उनी दुईलाई भिडियोमा तन्नेरी अवस्थाका देखाउने प्रयास भएको छ । हर्क साउदको शब्द, सुजन चापागाईंको स्वर र संगीतमा गीत सार्वजनिक गरिएको हो । लेकको गोठको सेट काठमाडौंमा तयार गरी यस्तो तस्वीर खिचिएको हो । आर्टमाण्डुका नवीन चौहानको ुऊनको स्वीटरु पहिलो फिचर हो ।

फिल्ममा विपीन र मिरुनासँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायतको अभिनय रहनेछ ।

फिल्मको कथालाई निर्देशक चौहानले नै लेखेका हुन् । फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत, हर्क साउद र झुमा लिम्बुको शब्द रचना,अनिल सुब्बा र सुरज तमूको कास्टिङ निर्देशन, चिन्तनराज भण्डारीको सिनिमेटोग्राफी रहनेछ । कृष्ण भण्डारीले सम्पादन गर्ने फिल्मको छायांकन वैशाखबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय