Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

रौनियार समुदायका युवती एवं विवाहित महिलाहरुमा समर्पित मिस एण्ड मिसेस् रौनियार २०२१ नामक नयाँ सौन्दर्य प्रतियोगिताको घोषणा भएको छ । डेढ दशक भन्दा लामो समयको अनुभव बटुलेका चर्चित फेसन एण्ड कमर्सियल फोटोग्राफर संजय रौनियार इभेन्ट डाइरेक्टरका रुपमा रहने यो कार्यक्रम क्रिएटिभ ड्रप्सको आयोजनामा संचालन हुन गइरहेको छ । रौनियार समुदायका युवती एवं विवाहित महिलाहरुको समग्र व्यक्तित्व विकास तथा उनीहरुको प्रतिभा र क्षमतालाई अवसर एवं विस्तारित दायरा प्रदान गर्ने हेतुले आयोजना गर्न लागिएको यो प्रतियोगितामा जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहनेछ ।

प्रतियोगिताको प्रशिक्षण अवधिमा आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास, संचार कलाको विकास, स्टेज प्रस्तुतिकरणका साथै सम्बन्धीत क्षेत्रका अनुभवीहरुबाट फेसन, मेकअप, ध्यान, नृत्य लगायतका विधादेखि सामाजिक कार्यमा संलग्नता, नेतृत्वदायी क्षमताको विकास सहित सेलिब्रेटीहरुसंग अन्तरक्रिया आदिलाई समावेश गराइने बताइएको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानमा अडिसन गरे संगै प्रतियोगिताका लागि फाइनलिष्टहरु चयन गरिने आयोजक पक्षले उल्लेख गरेको छ । आयोजक पक्षका अनुसार प्रतियोगिताका बिजेताले नगद पुरस्कार १ लाख ५१ हजार संगै मोडलिङ्गको विभिन्न विधामा अवसर, अन्तर्राष्ट्रिय स्तरको फोटो सेसन सहितमा आफ्नो उपस्थिति प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय