Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काभ्रे, १० साउन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गर्नुभएको छ ।

उहाँले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले परिवारको गरिबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताउनुभयो ।

मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “आजकाल हरेका जिल्ला तथा सहरमा एउटा ल्यापटप बोकेर युवाले रु डेढ दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय