Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

वीरगञ्ज
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध आज विहिबार उद्योगीहरूले वीरगञ्जमा विरोध ¥याली निकालेका छन् ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र बैंकका विभिन्न निर्देशन तथा ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’ का प्रावधानप्रति १६ वटा उद्योग वाणिज्य सङ्घलगायत विभिन्न व्यावसायिक वस्तुगत सङ्गठनले आपत्ति जनाएका छन् ।

बैंकले जारी गरेको नीति सम्बन्धमा वीरगञ्जको होटल मकालुमा एक बृहत् अन्तरसम्वाद कार्यक्रममा विभिन्न माग राख्दै उद्योगीहरूले विरोध ¥याली निकालेका हुन् ।

उद्योगीहरूले कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले ल्याएका विभिन्न प्रावधानले उद्योग व्यापार क्षेत्रमा थप अन्योल उत्पन्न भएको बताएका छन्।

उनीहरुले यसबाट त्रास सिर्जना गरेको तथा व्यवसायको प्रकृतिअनुसार फरक चालु पूँजी रकम आवश्यक पर्ने हुँदा रु दुई करोडभन्दा बढी चाल पूँजी कर्जाको सीमा निर्धारण गर्दा हरेक थरिका व्यवसायका लागि २५ प्रतिशत मात्र गरिनु अव्यावहारिक देखिएकाले सरोकारवाला व्यवसायको कूल व्यापार, बजारमा बाँकी बक्यौता र मौज्दातलाई आधार मानी अधिकतम ५० प्रतिशतको प्रावधान राखिनुपर्ने माग गरेका छन् ।

कर्जा शर्तअनुसार कर्जा रकम व्यावसायिक प्रायोजनमा उपयोग गरे÷नगरेको यकिन गर्न अनुगमन गर्ने बैंकले सरोकारवाला व्यावसायिक प्रतिष्ठानमा यथेष्ठ चालु पूँजी कर्जाको अभावका कारण कुनै उचित समस्या भेटाए त्यसको निराकरणका लागि थप कर्जाको सुविधा उपलब्ध गराउन सक्ने प्रवाधान पनि थपिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय