Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

अछामको रामारोशन–४ जन्मेका केपी खनाल हाल स्थायी रुपमा लम्कीचुँदा व्यवस्थित नगर कैलालीमा बस्दै आएका छन् । विद्यालय जीवनदेखि रेडियो पत्रकारितामा सक्रिय भूमिका खेलेका उनी सामाजिक विज्ञानमा स्नातक गरेका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने निम्नस्तरका नागरिकलाई खाद्यान्न वितरण गरेर शुभारम्भ भएको उनको सामाजिक सेवाका यात्रा हाल आफ्नो गाउँ आफैँ सफाइ गरौँ भन्दै चलिरहेको छ । उनले आफ्नो गाउँबाटै सफाइ अभियान सञ्चालन गरिरहेका छन् । उनले २०७२ सालमा भोकै छ हुम्ला अभियान पनि सञ्चालन गरे । उनको नेतृत्वमा क्लिन काठमाडौँ अभियान विगत चार वर्षदेखि चलिरहेको छ ।
मुलुकमा व्याप्त राजनीतिक उतारचढाव भए पनि वैदेशिक रोजगारीमा जानुभन्दा सामाजिक क्षेत्रमा लाग्ने उनको प्रण छ ।

उनकै सक्रियतामा बाजुरा जिल्लामा ५० लाखको अनाथ आश्रमको निर्माण भएको छ । देशव्यापी सफाइ अभियानकर्ताको नेतृत्व गरेका उनले लकडाउनको समयमा हेल्प फर निडी अभियानसमेत सञ्चालन गरे । उनले पाँच महिनासम्म दैनिक ज्यालादारी गर्ने मजदूरको घरघरमा पुगेर खाद्यान्न सहयोग गरे । २०२१ बाट देशभरका राष्ट्रिय राजमार्ग सफाइ अभियानको शुरुआत गरेका उनले सफाइ कार्यक्रमको शुभारम्भ कैलालीबाट भइसकेको छ । धनीराम खनाल र मनिषा खनालका जेष्ठ सुपुत्रका रुपमा जन्मेका केपीसहित दुई दिदीबहिनी र एक भाइ छन् परिवारमा ।

सामाजिक सञ्जालमा सक्रिय भएकै कारण समाजसेवामा लाग्नुपर्छ भन्ने सोच राखेर अगाडि बढेका खनाल अरुलाई पनि सक्रिय रुपमा मानव तथा मुलुकको सेवामा लाग्न आग्रह गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय