Saturday 30 May 2026 / शनिबार, १६ जेष्ठ २०८३

काठमाडाैं, सन् २०२५ को जनवरीदेखि जुलाईसम्मका सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आएका छन् । यो कोरोना महामारीपछिको उच्चतम आगमन हो । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार एक सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो सख्ंया अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि नेपाल लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताए । सिइओ जोशीले भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनले पछिल्लो समय नेपालमा पर्यटकको आकर्षण बढेको बताए । नेपालमा सन् २०२४ मा विभिन्न देशबाट करिब साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या अघिल्लो वर्ष २०२३ को तुलनामा १३ प्रतिशतभन्दा बढी हो ।

कुन देशबाट कति पर्यटक आए ?

सन् २०२५ को जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । यस्तै, चीनबाट ६ हजार आठ सय ९० जना, अमेरिकाबाट ६ हजार ६ सय २६, बंगलादेशबाट चार हजार चार सय १३ र बेलायतबाट तीन हजार पाँच सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना, अन्य एसियाली मुलुकबाट १३ हजार ५२, युरोपबाट नौ हजार दुई सय ९२, अमेरिकाबाट १२ हजार सात सय ७५, ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात, मध्यपूर्वबाट आठ सय २६ जना, अफ्रिकाबाट तीन सय १८ र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना पर्यटकको आगमन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय