Friday 6 November 2026 / शुक्रबार, २१ कार्तिक २०८३

बुटवल, बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म झण्डै आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा कुल ७ लाख ९२ हजार १८८ पर्यटक लुम्बिनी पुगेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५० हजार ६१० ले बढी हो।

यस वर्ष लुम्बिनी भ्रमण गर्नेमा नेपाली पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। अक्टोबरसम्म ५ लाख ९८ हजार ९५२ नेपाली, २ लाख २१ हजार ५७० भारतीय र ९७ हजार ८५६ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
गत वर्षको तुलनामा नेपाली पर्यटकको आगमन ६२ हजारभन्दा बढीले बढेको छ भने भारतीय पर्यटकको संख्या पनि १३ हजार ८०० भन्दा बढीले वृद्धि भएको छ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरि राईका अनुसार आन्तरिक पर्यटकको आकर्षण बढ्नु र अन्तर्राष्ट्रियस्तरमा बुद्ध जन्मस्थलको प्रचारप्रसार विस्तार हुँदै जानुले पर्यटक आगमनमा वृद्धि भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय